Logo

स्कोडा कुसकको मूल्य सार्वजनिक



काठमाडौं, साउन ४ । नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले बहुप्रतीक्षित एसयुभी स्कोडा कुसकको मूल्य सार्वजनिक गरेको छ। एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन ट्रिम र पाँच भेरियन्टमा उपलब्ध हुने कुसकको मूल्य ४९ लाख ९० हजारदेखि ६५ लाख ९० हजार रूपैयाँसम्म तोकिएको छ।

एमएडब्लूले नयाँ स्कोडा कुसकको बुकिङ दुई साताअघि नै खुला गरिसकेको छ। नेपाली ग्राहकले साउन ११ गतेदेखि कुसकको टेस्ट ड्राइभ गर्न पाउनेछन्।

नेपाली बजारमा एक्टिभ एमटीको ४९ लाख ९० हजार, एक्टिभ एमटीको ५३ लाख ९० हजार, एम्बिसन एटी ५८ लाख ९० हजार, स्टाइल एमटीको ६० लाख ९० हजार र स्टाइल एटीको मूल्य ६५ लाख ९० हजार रूपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ।

कुसकको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलइडी डिआरएल र फग ल्याम्प हुनेछ। साथै यसमा रूफ रेल र १७ इन्चको डाइमन्ड कट एलोई ह्विल हुनेछ। पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, ¥याप–अराउन्ड एलडी टेललाइट रहनेछ ।

यसको इन्टेरियरमा चालकलाई सहज बनाउन राखिएको ‘सिम्प्ली क्लेभर’ फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन हुनेछ। यसमा १० इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, सनरूफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर रहनेछ ।

सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम पनि हुनेछ। साथै, इएससी सबै भेरियन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो । साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि हुनेछ।

स्कोडा कुसकमा १ लिटरको सबैभन्दा बढी पुरस्कृत टिएसआई इन्जिन हुनेछ जसले ११५ बिएचपी र १७८ एनएम टर्क उत्पन्न गर्नेछ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो। टिएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्