Logo

मेरो सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप हो : प्रधानमन्त्री देउवा



काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप भएको बताएका छन् । आज (सोमबार) नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गर्दै यस्तो बताएका हुन् । यसअघि हिजो संसद्मा विश्वासको मत लिने क्रममा उनले आफ्नो पहिलो प्राथमिकता नै खोप भएको बताएका थिए ।

देउवाको सामाजिक सञ्जाल ट्विटर ह्याण्डलमा लेखिएको छ,‘मेरो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप हो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेको छु। खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि गरेको छु।



प्रतिक्रिया दिनुहोस्