Logo

सिभिल बैंकको बीमा सुविधा पाउने दुई निक्षेप योजना संचालनमा



काठमाडौं, ४ साउन । सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याज दर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजनाहरु – सुपर प्रिमियम वचत खाता र खुत्रुके खाता (रिकरिंग डिपोजिट) संचालनमा ल्याएको छ ।

बैंकको अनुसार न्युनतम मौज्दात २५ हजार रहेको “सुपर प्रिमियम वचत खाता”मा बैंकले वार्षिक ६.०१ प्रतिशतको सर्वाधिक ब्याजदर सहित “मेट लाईफ”संगको सहकार्यमा ६ वटा घातक रोगहरु (मेजर क्यान्सर, मेजर स्ट्रोक्स, पहिलो हृदयघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज)को दुई लाखसम्मको निःशुल्क औषोधपचार बीमा सुविधा प्रदान गर्नेछ । साथै निःशुल्क मोवाईल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्ने समेत जनाएको छ ।

त्यस्तै, खुत्रुके खाता (रिकरिंग डिपोजिट)मा अन्य बैंकहरुले प्रदान गरिरहेको रिकरिंग डिपोजिटहरुमा जस्तै सर्त तथा बन्देजहरु नराखी बचत गर्न चाहने ग्राहकले दुई बर्ष देखि दश बर्षसम्मको अवधि चयन गरेर मासिक न्युनतम ५ सय देखि माथि संचय गर्दै जानसक्नेछन् ।

बैंकको अनुसार कुनै महिनामा कुनै कारणबस जम्मा गर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी नतिरी आफुले निर्धारण गरेको समय सिमा पश्चात साँवा तथा ब्याजको एक मुष्ठ भुक्तानी पाउनेछन ।

अझ यस खातामा सुपर प्रिमियम बचत खातामा भन्दा १ प्रतिशत थप ब्याज प्रदान गरिनेछ । केहिगरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवष्यक भएमा संचित रकम को ७० प्रतिशत ऋणमा नै बिना झन्झट रकम निकाल्न सकिन्छ । यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७१ प्रतिशतको सर्वाधिक ब्याजदर पनि प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्