Logo

एमाले केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाल पक्ष गएन



काठमाडौं, ४ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । उक्त बैठकमा माधव नेपाल पक्ष भने गएको छैन् । आजको केन्द्रीय कमिटी बैठक एमालेको १०औं बैठक हो । आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्नेबारे छलफल हुने बताईएको छ ।

यसअघि नै एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेहरु एमालेमा नहरने निर्णय गरिसकेको छ । त्यस्तै, आजको बैठकमा पार्टीको विधान र आगामी महाधिवेशनबारे छलफल हुने जनाईएको छ । तस्विर स्रोत : सञ्जिब बगाले, ट्विटर



प्रतिक्रिया दिनुहोस्