Logo

एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा ढकाल



काठमाडौं, ४ साउन । एनआईसी एशिया क्यापिटलले संचालक समितिको अध्यक्षमा चार्टड अकाउन्टेनन्ट कपिल ढकाललाई नियुक्त गरेको छ । शनिबार सम्पन्न संचालक समितिको ९२ औं बैठकले एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ढकाललाई उक्त पदमा नियुक्त गरेको होे ।

ढकालसँग डेलोइट इण्डिया (बिग ४) आइसिआइसि बैंक तथा हाम्रो विकास बंैकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको लामो अनुभव रहेको छ ।

साथै एनआईसी एशिया बैंकको उच्च व्यवस्थापन तहमा १२ वर्ष भन्दा बढीको बैंकिङ्ग अनुभव ढकालसँग रहेको छ ।



प्रतिक्रिया दिनुहोस्