Logo

मोदीपछि पाकिस्तानी प्रधानमन्त्री खानले दिए प्रधानमन्त्री देउवालाई बधाई



काठमाडौं, ४ साउन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवलाई बधाई दिएका छन् । संसद्मा विश्वासको मत पाएको भोलिपल्ट अर्थात् आज पाकिस्तानी प्रधानमन्त्री खानले प्रधानमन्त्री देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले देउवालाई शुभकामना दिएका हुन् । उनले नेपाल र पाकिस्तानबीचको द्धिपक्षीय सम्बन्धलाई उचाईमा पुर्याउनको लागि मिलेर काम गर्ने पनि बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम