Logo

सलमान खानको पहिलो प्रेमिकाले भनिन्, ‘उनीसँग सम्पर्कमा नबस्नु स्वास्थ्यको लागि फाइदा’



एजेन्सी, ४ साउन । बलिउड सुपरस्टार सलमान खानले हालसम्म विवाह गरेका छैनन्, तर केही चर्चित हस्तीहरुसँग प्रेम सम्बन्धमा थिए । पाकिस्तान मुलकी अभिनेत्री सोमी अलीले सलमानसँग ८ वर्ष डेट गरिन् । उनी सलमानको पहिलो प्रेमिका हुन् । उनी १६ वर्षको उमेरमा बलिउडमा आफ्नो करियर बनाउने र सलमान खानसँग विवाह गर्ने सोचले मुम्बई आएकी थिइन् ।

सोमीले सलमान खान प्रेमिको रुपमा पाइन्, तर १९९९ मा उनीहरुको प्रेम सम्बन्ध टुटिसकेको थियो । सोमीले केही अन्तवार्ताको क्रममा सलमान खानसँगको सम्बन्धको बारेमा खुलेर कुरा गरेकी छिन् ।

सोमीले एक अन्तवार्तामा भनेकी छिन्, ‘म पछिल्लो ५ वर्ष यता सलमानको सम्पर्कमा छैन् । मलाई आफ्नो जीन्दगी अगाडी बढाउनुपर्छ भन्ने लागेर बढेको छु । सलमान पनि आफ्नै किसिमले अगाडी बढेका छन् ।’

सोमीले अगाडी भनेकी छिन्, ‘मैले १९९९ छाडेपछि सलमानको जिन्दगी कति प्रेमिका आए–आए, उनीहरुलाई शुभकामना दिन्छु । मानसिक रुपमा पनि सलमानसँग सम्पर्क नगर्नु नै मेरो लागि फाइदा हो ।’

सोमीले आफ्नो लागि सलमान खान इमान्दार नभएको समेत आरोप लगाएकी छिन् । उनीहरु अलग भएको पनि २० वर्ष पुगेको छ । सोमीले आफुलाई सलमानले धोका दिएको समेत बताइन् ।

 

 



प्रतिक्रिया दिनुहोस्