Logo

‘बजरंगी भाईजान’ को सिक्वेल बन्ने



एजेन्सी, ४ साउन । सलमान खानको २०१५ मा रिलिज भएका फिल्म ‘बजरंगी भाईजान’ निर्माण भएको ६ वर्ष पुरा भएको छ । फिल्मलाई दर्शकहरुले निकै मन पराएका थिए । फिल्ममा सलमान खान, करीना कपुर, हर्षाली मल्होत्रा र नवाजुद्दिन सिद्दीको मुख्य अभिनय रहेको थियो ।
भारतीय मिडियाहरुको अनुसार अब भने यस फिल्मको सिक्वल बन्ने भएको छ । फिल्मका लेखक विजयन्द्र प्रासदले एक अन्तर्वाताको क्रममा ‘बजरंगी भाईजान २’ को योजना बनाइरहेको बताएका छन् । उनको अनुसार हाल फिल्मको कथा लेख्ने कार्य हुँदैछ ।

बजरंगी भाईजानले पुरानो रेकर्ड तोडेर ३ सय करोड रुपैयाँको नयाँ बिजनेस सुरु गरेको थियो । यो फिल्मको सफलताले सलमानको जीवनमा राम्रो उछाल ल्याएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्