Logo

जन्मदिनमा प्रियंकाको तस्वीरले मच्चायो हंगामा



एजेन्सी, ४ साउन । बलिउडकी देसी गर्ल प्रियंका चोपडाले आज (१८ जुलाई)मा आफ्नो जन्मदिन मनाइरहेकी छिन् । आजको विशेष दिनमा प्रियंकाले सामाजिक संजालमार्फत पनि शुभकामना प्राप्त गरिरहेकी छिन् । उनको जन्मदिनको अवसरमा केही बोल्ड र आकर्षक तस्वीर भाइरल भएका छन् ।

प्रियंकाले आफ्ना केही तस्वीर शेयर गरेकी छिन् । तस्विरमा उनी कालो मोनोकिनी लगाएर पुलको किनारमा पोज दिएको देखिन्छ । तस्वीरमा उनले घाम तापेको देखिन्छ । फोटो शेयर गर्दै प्रियंकाले लेखेकी छिन्, ‘अपेक्षालाई बनाउ वास्तविकता । अभिनेत्रीको हेराईले फ्यानहरुलाई आकर्षित भएका छन् । पछिल्लो समय प्रियंका ‘द व्हाइट टाइगर’ देखिएकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्