Logo

केपी ओलीजस्तो नेता यो धर्तीमा छ त ? : महेश बस्नेत (भिडिओसहित)



काठमाडौं, ४ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीजस्तो नेता यो धर्तीमा नजन्मिएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘केपी ओली त नेकपा (एमाले) मा नवौं महाधिवेशनबाट एकचोटी अध्यक्ष हुनुभयो, एकचोटी प्रधानमन्त्री हुनुभयो । उहाँले भनेको त सिम्पल कुरा त के थियो भने मेरो कार्यकाल सकिनासाथ म प्रचण्डलाई अध्यक्ष बुझाईदिन्छु, मेरो एक कार्यकाल सकिनासाथ म प्रधानमन्त्री खान्नँ, त्यस्तो भन्ने खालको नेता छ त यो धर्तीमा ? शेरबहादुर देउवाजी पाँचौ पटक प्रधानमन्त्री हुनुभयो, उहाँले प्रधानमन्त्री खान्नँ भन्नुभयो त ?’



प्रतिक्रिया दिनुहोस्