Logo

बालबालिकाको पोषण अबस्था र कोरोनाको कहर



कोरोना अहिलेसम्म बढी रहेकै छ । अब तेश्रो लहर बाल बालिकामा पर्ने जोखिमको बारेमा बिज्ञहरुको भनाइले अहिले धेरै अबिभाबकहरु त्रसित भएका छन् । सरकारी र गैरसरकारी संस्थाहरु समेतले बाल बालिकाको सुरक्षासम्बन्धी बिभिन्न प्रयासहरु गरिरहेका छन् । सबै अस्पतालमा २० प्रतिशत बेडको ब्यब्स्था गर्न, ति बेडहरु बालमैत्री बनाउन र बालरोग विशेषज्ञ चिकित्सकलाइ बालरोग उपचारमा सघाउन सरकारले आग्रह गरेका छन् ।

बिश्वमा करिब ५०. ५ मिलियन बाल बाल बालिकाहरु कुपोषण र पुड्का भएका छन् । कोभिड भएको बाल बालिकामा देखिने एम, आइ एस सि, एउटा गम्भीर स्वास्थ समस्या हो । यो कोभिडको इम्युन प्रतिकृयात्मक रोग हो । मुटु सुन्निने भएकोले स्वास प्रस्वासमा बिभिन्न बाधाहरु उत्पन्न गराउन सक्छन् । अहिले पर्बत, कूश्मा नगरपालिकामा १२ जना बाल बालिका एकैचोटि कोरोना संक्रमित भएको देखिएको छ, रुघाखोकी , ज्वरो आउने, लक्षण देखिएकोले परीक्षण गराउदा कोरोना भएको पुष्टी भएको छ। यो नयाँ खालको भेरियन्ट हो की भनेर आशंका पनि गरिएको छ, तर पुष्टी भएको छैन। अहिले नेपालको बिभिन्न ठाउमा बाल बालिकाहरु संक्रमित भइरहेको छन् ।

नेपालमा बालबालिकाको पोषण स्तर र अबस्था कस्तो छ त ?

नेपालमा स्वास्थ सर्वेक्षण र जनसंख्याको अनुसार ५ वर्ष मुनिको बाल बालिका अझै पनि ३६ प्रतिशत पुडका रहेका छन् । पुड्का भनेको आफ्नो उमेर अनुसारको उचाइ कम हुनु हो। त्यस्तै, २००१ मा सर्वेक्षणले त्यो बेला पुडको ५५ प्रतिशत थियो । त्यस्तै ५ वर्ष मुनिका बाल बालिका मध्ये २६ प्रतिशत कम तौल भएको कुपोषण र १० प्रतिशत ख्याउटे रहेको थियो । त्यस्तै बढी तौल भएको १.२ प्रतिशत रहेको थियो ।

कूपोषण भएमा के के असर पार्न सक्छ ?

बाल मस्तिष्क बिकासमा कमी भई बिर्सन , बिभिन्न संक्रमण हुन् सक्ने हुन्छ । सम्झन नसक्ने, कुनै पनि कुरा सम्झन बिर्सन सक्ने, उचाइ कम हुने, कुरा बुझाइमा कमी हुने, अन्य बाल बालिका सँग घूलमिल नगर्ने जस्ता समस्या देखिन्छन् । मुटु रोग, गर्भपतन हुने बढी सम्भाबना हुन्छन् । यी सबै कम तौल भएको बाल बालिकाना हुन सक्ने जटिलता हो।
नेपाल सरकारले पनि बिभिन्न कार्य तालिका अनुसार कोरोनाको बेलामा बाल बालिका कुपोशित हुन नदिनका लागी विभिन्न कार्यक्रम संचालन गर्दै आइरर्हेका छ । इन्फान्ट एन्ड योङ्ग चाइलड फिडिङ्ग (आइ वाइ सि एफ्) यो खासगरी पाँच वर्ष मुनिको वाल बालिकाको लागी र गर्भवती तथा सुत्केरी महिलाको लागी सुनौलो हजार दिनको कार्यकर्म संचालन गरेकोे हो । नेपालले पनि विश्व स्वास्थ सङ्गठनको अनुसरण हिँड्को बताएको छ । अहिले कोरोनाको महामारी सँगै वाल बालिकाको लागी पूर्ण खोप र पोषणमा बिशेष जोड दिएको छ । यसको साथै पचास वर्षमाथिको महिला कर्मचारीलार्इ र सुत्केरी लाइ अस्पतालमा रातिको काम नगर्न समेत सुविधा दिएको छ । यसको साथै स्तनपान, थप पोसिलो खानेकुराको अभ्यास गराउने, व्यक्तिगत सरसफाइ, खुवाउने तरिका आदि सुचारु गर्नु पर्ने मूख्य काम रहेको छ ।

वाल बालिकाहरुलाइ पोषण स्तर माथि कसरी उकास्ने

  • घरको ठूलाबडा सँगै खाना खुवाउने, हरेक खानेकुराको पोषक तत्वको बारेमा सही जानकारी दिने
  • स्कुलमा अरु बिषयको साथै पोषण शिक्षाको कार्यकर्म , जनचेतना मूलक आदि गराउनु पर्छ ।
  • टोल , समुदाय , क्लव संघ संस्था आदिमा पोषणको सचेतना मूलक कार्यकर्म गर्नु पर्छ ।
  • स्कुलको पाठ्यक्रममा पोषणको अध्ययन गराएमा बाल बालिकाको स्वास्थ अबस्था राम्रो हुन्छ ।
  • आफ्नो घर वरपर खालि ठाउ छ , भने त्यहाँ करेसाबारी गर्ने, कौसि खेती नि गर्न सकिन्छ ।
  • बाल बालिकालाइ सन्तुलित आहारको बारेमा सही जानकारी दिनुपर्छ ।
  • थोरै थोरै मात्रामा खानेकुराहरु दिई राख्नु पर्छ ।

के कस्ता खानेकुराहरु भोजनमा समाबेश गर्नुपर्छ ?

प्रोटिन भएको, जिन्क भएको खानेकुराहरु भोजनमा समाबेस गर्नु पर्ने हुन्छ, ति खानेकुराहरु यस प्रकारका छन् ।

  • दुग्ध , तथा दुग्धजन्य पदार्थ हरु, दूध , दहि, मोही , लस्सि, पनीर्, थोरै घ्यु, मख्खन्, चिज , क्रिम आदि यिनीहरूमा आफूलाइ अनुकूल हुने खानेकुराहरु खुवाउने बानी गर्नुपर्छ ।
  • भिटामिन सि, जिन्क्, भिटामिन डि, भिटामिन बि,
  • मौसम अनुसारको सबै प्रकारका फलफूल तथा सागपात , तरकारी आदि खुवाउने , जुन मौसममा जे पाउछ त्यो सस्तो र पोसिलो पनि हुन्छ, र सहजै पाइन्छ।
  • अहिले आप, केरा, खरभूजा, आरु, आलुबखडा, अनार, आदि फलफूल पाइन्छ, भने तरकारी पनि राम्रो, ताजा पाइन्छ, जुन बाल बालिका कुपोसित छ, भने उसको अलि बढी स्याहार गर्नु पर्ने हुन्छ। यिनीहरूमा बिभिन्न प्रकारको पोषक तत्व पाइनुको साथै जिन्क पनि राम्रो पाइन्छ।

चिकेन्, माछा, मासु .
जुन बाल बालिकाको तौल कम छ, क्यालोरी पुगेको छैन भने माछा, मासु, अण्डा, जुन वनस्पतिजन्य बाट पाइने प्रोटिन हो, यो खुवाउनु पर्छ । जुन चाहिँ मांसाहारी बाल बालिकाको लागी अति नै पोशिलो खानामा पर्दछ ।

दाल, गेडागुडी, बदाम, काजु, ओखर, सूर्यमुखीको बिऊ, फर्सिको बिउ, आलस, तिल, वनस्पति जन्य उच्च प्रोटिन हो, जुन अहिले अमेरिकन क्यान्सर एसोसिएसनले शाकाहारी खानेकुरामा बढी जोड दिएको छ, किन की अहिलेको अस्तव्यस्त जीवनशैलीले आफ्नो लागी समय तँ छैन भने आफ्नो बाल बालिकाको लागी समय निकाल्न अबिभाबकलाइ गार्हो भएको छ, त्यस्तोमा उचित खानपान, सन्तुलित आहार नपुगेर बिभिन्न प्रकारको रोगहरु भविष्यमा हुन सक्ने खतराले गर्दा वनस्पतिजन्य खानेकुराको बढी उपयोग गर्न सुझाव दिएको छ । सस्तो र राम्रो पोषक तत्वको साथै जिन्क, बिभिन्न भिटामिन, आदि पाइने भएकोले अझ बढी सेवनमा ध्यान केन्द्रित गरेकोे छ ।

सिडस, बिऊ आदि तिल्, आलसको सेवन साना साना बाल बालिकालाइ सानै देखी अचार, दालहरुमा राखेर खुवाउनु पर्छ, कतिपयलाइ दिसाको समस्याले गर्दा एक्दम गार्हो हुने गरेकोे पाइन्छ, आलासको प्रयोगले कब्जियत हुन पाउदैन र यसमा ओमेगा थ्री फ्याटि एसिड पनि पाइन्छ।

नटस, काजु, बदाम्, ओखर, किसमिस, खजुर, छोकडा, आदिमा बिभिन्न प्रकारको पोषक तत्वको साथै जिन्क्, खनिज तत्व, भिटामिन आदि पाइनछ ।

चिज्, खासगरी यसमा जिन्क प्रयाप्त मात्रामा पाइनछ। त्यसगरि, अण्डामा नि जिन्क बढी पाइन्छ । साथै चिजमा उच्च क्यालोरी पाइने भएकोले कुपोशन बाट बच्न सकिन्छ ।

अन्न, सबै अन्नहरुमा फाइबर, म्याग्नेसियम, क्याल्सियम, बिभिन्न भिटामिन, सेलेनियम, फलाम तत्व फाइबर, आदि राम्रो मात्रामा पाइन्छ । जसले गर्दा बाल बालिकाहरु कुपोशित हुन पाउदैन। डार्क चकलेटमा जिन्क राम्रो मात्रामा पाइन्छ । तर थोरै मात्र दिनुपर्छ ।

बाल बालिकालाइ अहिले घर भित्रै राख्दा बिभिन्न प्रकारको सामाजिक, मानसिक बौद्धिक बिकासमा समस्याहरु देखिएको छ, जसले गर्दा झन् जीवन जटिल भएको अबिभाबकहरुको गुनासो सुनिएको छ । यस्तो परिस्तिथिमा घरमा भनेको ज्येष्ठ नागरिक सँग घूलमिल गर्न दिने, करेसाबारीको कामहरु देखाउने, चित्र कोर्न सिकाउने, पौराणिक ग्रहन्थाहरु सुनाउने, उनीहरूको आफ्नो रुचि अनुसारको कार्य गर्न दिने, फोन बाट भएँ नि आफन्तहरु सँग कुराहरू गर्न लाउने। भान्सामा पनि आफ्नो उपस्तिथिमा नयाँ रेसिपिको बारेमा जानकारी गराउने गर्नु पर्छ । खाना खाने लगत्तै, फलफूलहरु खुवाउनु भएन, पाचन क्रियामा असर पर्नसक्ने सम्भबना हुन्छ।

जुन बाल बालिका अलि कुपोशित छ, भने उसलाइ खाना खाएपछि आराम पनि गर्न दिनुपर्छ, जसले गर्दा उसको तौल राम्रो हुन्छ। साथै सरसफाइमा बिशेष ध्यान दिनुपर्छ । बदलिँदो मौसमले गर्दा अन्य रोगहरुको संक्रमण हुन सक्ने सम्भावना हुन्छ । यस्तो बेलामा अबिभाबकहरु सजग रहनु अत्ति नै जरुरी देखिएको छ । सम्पूर्ण खोपको साथै स्वास्थमा बिशेष जोड दिनुपर्छ । हातको सरसफाइ , साबून पानीले धुने, बेला बेलामा नुहाउने , चिकित्सक सँग केही भएमा परामर्श लिने, साथै पोषण बिज्ञको पनि उचित सल्लाह आदि लिने गर्नु पर्छ । अहिले तँ निसुल्क परामर्श पनि पोषण विज्ञहरूले दिदै आइरहनु भएको छ । त्यसको उचित सुझाव लिनुपर्छ ।

मिरा साह
आहार तथा पोषण विज्ञ
कीर्तिपुर बर्न अस्पताल
मार्क इन्टरनेशनल किड्नी सेन्टर

 



प्रतिक्रिया दिनुहोस्