Logo

प्रधानमन्त्री देउवासँग मोदीको टेलिफोन वार्ता, कोभिडविरुद्धको खोप उपलब्ध गराउने विश्वास



काठमाडौं, ४ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोनमार्फत बधाई दिएका छन् । हिजोमात्रै संसद्मा विश्वासको मत लिएका प्रधानमन्त्री देउवालाई मोदीले आज टेलिफोन गरेर बधाई दिएका हुन ।

फोनवार्तामा प्रधानमन्त्री देउवा र मोदीले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुरा गरेको नेपालको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, मोदीले नेपाललाई कोभिडविरुद्धको खोप पनि जतिसक्दो चाँडो उपलब्ध गराउने विश्वास दिलाएका छन् । यसअघि हिजोमात्रै मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्