Logo

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीद्वारा कुपण्डोलको खोप केन्द्र अनुगमन



ललितपुर, ४ साउन: प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले आज ललितपुर महानगरपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको अनुगमन गरेका छन् ।

मुलुकमा फैलिइरहेको कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि प्रधानमन्त्री देउवाका साथै राजदूत बेरीले उक्त खोप केन्द्रको निरीक्षण एवं अनुगमन गरेका हुन् ।

सो क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रधानमन्त्री देउवालाई आफूले त्यहाँका २९ वटै वडामा खोप लगाउने गरिएको जानकारी गराए ।

प्रधानमन्त्री देउवाले आज काठमाडौँ उपत्यकाका विभिन्न खोप केन्द्रको स्थलगत अनुगमन गर्ने क्रममा ललितपुरमा रहेका छ पालिकामध्ये महानगरपालिका–१ को केन्द्रको अनुगमन गरेका हुन् । सोही क्रममा महानगरपालिकाका प्रमुख महर्जनका साथै उपप्रमुख गीता सत्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला र जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालको उपस्थिति रहेको थियो ।रासस

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम