Logo

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, ४ साउन । नेप्से १३ अंकले बढ्दा ११ अर्बको शेयर कारोबार भएको छ । कारोबार रकम पुरानो लयमा फर्किएको छ । आइतबार पनि ११ अर्ब बढीको कारोबार भएको थियो ।

नेप्सेको अनुसार आज सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सकरात्मक सर्किट लागेको छ । कम्पनीको प्रतिकित्ता शेयरमूल्य १० प्रतिशतले बढ्दा लगानीकर्ता खुशी भएका छन् । त्यस्तै, विशाल बजार कम्पनीको शेयरमूल्य ९.२० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ५२० रुपैयाँले बढेर ६ हजार १७० रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

यसैगरी, सिटीजन्स इन्भेष्टमेन्ट ट्रष्टको लगानीकर्ताले आज ६.४० प्रतिशतले कमाएका छन् । कम्पनीको २२४ रुपैयाँको दरले शेयरमुल्य बढेको छ ।



प्रतिक्रिया दिनुहोस्