Logo

एनआइसी एशिया बैंकसहित यी कम्पनीको कारोबार उच्च



काठमाडौं, ४ साउन । आज १ लाख ७ हजार ७९७ पटक शेयर कारोबार भएर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रुपैयाँ बराबरको ३ करोड ७५ लाख ७१ हजार ३५४ प्रतिकित्ता शेयर खरिद बिक्रि भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । कम्पनीको १ हजार ४४ रुपैयाँ शेयरमुल्य कामय भई ३५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको प्रतिकित्ता शेयर १४ सय ५५ सय कायम भई ३३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल बङलादेश बैंकको शेयरमुल्य ४५८ रुपैयाँ कायम ३० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर शेयरको ३० करोड ९६ लाख, सिनर्जी पावर कम्पनीको २८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्