Logo

कोरोना महामारीले तलब कटौतीभएपछि बसका सह–चालकको मृर्गौला बिक्रिमा



एजेन्सी । कोरोना भाइरसको महामारीले विश्वभरका धेरै मानिसहरुलाई बेरोजगार बनाएको छ । जागिरकै आधारमा हासी खुशी जीवन बिताउदै आएका लाखौ मानिसहरुले जागिरबाट हात धुन परेको छ ।

त्यस्तै एउटा दुखद समाचार आएको छ । तलब कटौति भएपछि घर व्यवहार चलाउन मुस्किल परेर बसका सह–चालकले ठुलो कदम उठाएका छन् । ३८ वर्षीय हनुमन्थ कलेगारले सामाजिक संजाल फेसबुकबाट आफ्नो मृर्गौला बिक्रिमा भएको घोषणा गरेका छन् । उनले घर खर्च चलाउनकै लागि पैसाको आवश्यक परेको बताउदै र्मर्गौला बेच्न लागेको जानकारी समेत दिएका छन् ।

भारतीय समाचार अनुसार हनुमन्थले फेसबुकमा आफ्नो मृर्गौला बिक्रि गर्ने बिज्ञापन दिएका हुन् । उनले कर्नाटकको सरकारी ट्रान्सपोर्ट कम्पनीको बसमा काम गर्थे । हनुमन्थले फेसबुकमा पोस्ट गरे लगत्तै पोस्ट भाइरल भएको थियो । उनको पोस्टमा लेखिएको छ, ‘उनी ट्रान्सपोर्ट कर्मचारी हुन्, उनले घर चलाउन गाह्रो भएकोले आफ्नो मृर्गौला बिक्रि गर्न चाहान्छन् ।’ उनको पोस्टमा आफ्नो फोन नम्बर पनि दिएका थिए । उनी नर्थ इस्ट कर्नाटक रोड ट्रास्न्पोर्ट कर्पोरेशनमा काम गर्थे ।

उनले पोस्टमा घरको भाडा तिर्न, सामान किन्न, बच्चाको शिक्षा र आफ्नो आमा बुवाको औषधि खर्चको लागि पैसाको आवश्यकता परेको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्