Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरोना पे युरोपबीच रेमिटान्स कारोबार सुरु



काठमाडौं, ४ साउन । कोरोना पे र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । साइप्रस, युके, जर्मनी, डेनमार्क, स्पेन, इटाली र फ्रान्समा रहेका नेपालीहरुले कोरोना पेको सेवा प्रयोग गरी साइप्रसको ख्यातिप्राप्त सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा पैसा पठाउन सकिनेछ ।

कम्पनीको अनुसार नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सक्नेछन् । चाँडै नै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने बताइएको छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्रटण्डन र कोरोना पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ग्लेब कोज्लोभले हस्ताक्षर गरेका हुन्



प्रतिक्रिया दिनुहोस्

Screenshot