Logo

समाजसेवी ढुंगानाको कमलो मन



काठमाडौं, ४ साउन । समाजसेवी भीमानन्द ढुंगानाले हालैको बाढीले प्रभावित भएको सिन्धुपाल्चोकको तेर्से माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।

मेलम्ची खोलामा आएको बाढीका कारण भत्केको सो विद्यालयको जोखिमयुक्त संरचनाको सुरक्षाको लागि ग्याबिन पर्खाल निर्माण र वैकल्पिक कक्षाकोठाको व्यवस्थापनका निम्ति मेलम्ची नगरपालिका वडा नम्बर ६ स्थायी ठेगाना भई हाल काठमाडौंनिवासी नेपाल राष्ट्र बैंकसहितका बैंकिङ क्षेत्रमा लामो समय सेवा गर्नुभएका ढुंगानाले व्यक्तिगत रूपमा ३५ हजार पाँच सय ५५ रुपैयाँ सो विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

उनी ढुङ्गाना प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष हुन् । विपत्को समयमा गरिएको यो महान् सहयोगप्रति विद्यालयले आफ्नो तर्फबाट हार्दिक कृतज्ञतासहित उनको उज्ज्वल भविष्यको कामना व्यक्त गर्दै यस्तै अरु सहयोगी मनहरुप्रति जिन्सी तथा नगद सहयोगको अपेक्षा गरेको छ ।



प्रतिक्रिया दिनुहोस्