Logo

सुरुङमार्ग निर्माणसँगै जनशक्ति पनि तयार गरिँदै



काठमाडौं, साउन ५। नेपालका विभिन्न ठाउँमा सुरुङमार्ग बनाउने प्रस्ताव गरिए पनि दक्ष जनशक्तिको अभाव छ । यही अभावलाई पूर्ति गर्न नागढुंगा–नौबीसे सुरुङमार्गको आयोजनाको तयारी गर्दादेखि नै नेपाली इन्जिनीयर तथा प्राविधिकहरूलाई सुरुङमार्ग निर्माणमा खटाउने सहमति भएको थियो ।

यसै अनुसार सुरुङमार्ग निर्माणसँगै मुलुकभित्र टनेल (सुरुङमार्ग) जनशक्ति पनि तयार हुन थालेको छ । सुरुङमार्ग निर्माणमा काम गर्ने अवसर पाएसँगै नेपाली जनशक्ति पनि तयार हुने देखिएको छ ।

यो आयोजनामा नेपाली र जापानी गरी १५० जनाले काम गरिरहेका छन् । । तीमध्ये निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेशनका १५ जना कर्मचारीहरू काम गरिरहेका छन् । आयोजना प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने समयदेखि नै नेपाली कामदारहरूलाई पनि मुख्य निर्माण कम्पनीले सहभागी गराउँदै लगेको बताए ।

उनका अनुसार हालसम्म आयोजनामा नेपालका तर्फबाट २५ इन्जिनीयर, ६ भूगर्भविद्, १२ टनेल सुपरभाइजर, १२ जना नै सर्वेयर र ३५ जना अपरेटर मुख्य काममा खटिएका छन् । उनीहरूले सुरुङमार्गका विभिन्न पक्षहरूमा अनुभव प्राप्त गरेका छन् । यसमा अन्य सामान्य कामदारको संख्या ४५ छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्