Logo

फेरी बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, ५ साउन । आज नेपाली बजारमा सुनको मुल्य ५ सयले बढेको छ । सोमबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तर, चाँदीको मुल्य भने आज १० रुपैयाँले घटेको छ । आज प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्