Logo

समृद्धि फाइनान्समा अब अनलाइनबाट खाता खोल्न सकिने



काठमाडौं, ५ साउन । समृद्धि फाइनान्सले अनलाइन खाता खोल्ने सुविधा थप गरेको छ । कोरोना संक्रमित भएका ग्राहकहरुका लागि फाइनान्सले उपचारमा सहयोग पु¥याउन कोभिड रिलिफ लोन प्रदान गर्ने व्यवस्था गरेको गरेको जनाएको छ ।

फाइनान्सको अनुसार, ग्राहकले अनलाइन एकाउन्ट सुविधाको प्रयोग गर्दै जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्ने छन् । त्यस्तै संस्थाका नयाँ तथा पुराना ग्राहकहरुको उपचार तथा हस्पिटलको बिल भुक्तानी गर्नका लागि ‘गाह्रो साह्रोमा सहयोग गर्न छँदैछ नि समृद्धि फाइनान्स’ भन्ने मुल नाराका साथ ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कोभिड रिलिफ लोन उपलब्ध गराउने भएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको फाइनान्सले हाल पाँचवटा शाखामार्फत कारोबार गर्दै आएको छ ।

संस्थाले आगामी दिनमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने जनाएको छ । संस्थाले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको बताएको छ ।
निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्