Logo

नायक पुष्प खड्काले खरिद गरे ७० लाखको गाडी



काठमाडौं, ५ साउन । नेपाली फिल्ममा पछिल्लो समय बेग्लै पहिचान बनाउन सफल कलाकार हुन् पुष्प खड्का । सुरुवात दिनमा उनका फिल्म फ्लप भएपनि निराश नभई अगाडी बढेका खड्काको हातमा अहिले फिल्मको कमी छैन् ।

कैलालीमा जन्मिएका खड्काले म्युजिक भिडियो हुँदै ‘अझै पनि’ फिल्ममा अभिनेताको रुपमा काम गर्ने अवसर पाएका थिए । ‘मंगलम’ फिल्मले उनको फिल्मी करिअर नै बदल्यो ।

खड्काले सोमबार करीब ७० लाख मुल्य पर्ने हुन्डाईको क्रेटा गाडी खरिद गरेका छन् । यस अघि नै घर जोडिसकेका खड्काले सम्पत्ति जोड्नु आफ्नो सपना नभई राम्रो कलाकार बन्ने सपना भएको बताएका छन् ।

बैशाखदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो भएसँगै पुष्पलाई म्युजिक भिडियोमा व्यस्त छन् । उनका फिल्महरु ‘कृष्ण लिला’, ‘तिम्रो मेरो साथ’ र ‘मनसँग मन’ प्रदर्शनको क्रममा छन् ।



प्रतिक्रिया दिनुहोस्