Logo

करिश्मा भन्छिन्, ‘हजारौ राम्रा काम गर्दा ध्यानाकर्षण हुन गाह्रो’



काठमाडौं, ५ असार । नेपाली चलचित्र उद्योगको एउटा सफल नाम हो करिश्मा मानन्धर । सदावहार नायिकाको पहिचान बनाएकी करिश्माले देशका सामाजिक र राजनितिक घटनाक्रमको बारेमा चासो राख्दै आफ्नो प्रतिक्रिया दिने गर्छिन् ।

उनले दिएको अभिव्यक्तिको कारण समय–समयमा सामाजिक संजालमा सिकार समेत हुने गर्छिन् । चलचित्र क्षेत्रलाई छाडेर गएकी करिश्मा अमेरिकाको लामो बसाइ पछि फर्किएर राजिनितिमा लागेकी थिइन् ।

हाल उनी राजनितिबाट टाढा छिन् । उनले हजारौ राम्रा काम गर्दा कसैले चासो नदिने तर सानो गल्ती भएमा सच्चाउन सुझावको ओइरो लाग्ने प्रवृत्तिप्रति आपत्ती जनाएकी छिन् । करिश्माले आज सामाजिक संजाल फेसबुकमा लेखेकी छिन्, ‘तपाई हजारौ राम्रा काम गर्नुस अरुको ध्यानाकर्षण हुन गाह्रो पर्छ । तर, केही गर्दा यस लेख्दा, झुक्किएर एउटा गलत लेख्दा लेख्नुस् त ह्रवाररर सच्चाउने सुझावको बाढी आउँछ । यस्तो किन होला ?’



प्रतिक्रिया दिनुहोस्