Logo

५ किलो अफिम सहित एक पक्राउ



काठमाडौं, ५ साउन । ५ केजी ७ सय ग्राम लागूऔषध अफिम सहित एकजना पक्राउ परेका छन् । मकवानपुर हेटौंडा उपमहानगरपालिका २ संगमचोकबाट ५ केजी ७ सय ग्राम लागूऔषध अफिम सहित मकवानपुर बकैया गाउँपालिका ५ ठेगाना भएका ४३ वर्षीय रत्न भुलनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले भुलनलाई फेला पारी जाँच गर्दा झोला भित्र लुकाई बोकेको अवस्थामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ ।

भुलनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको उक्त ब्यूरोले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्