Logo

आज अरुण कावेलीसहित यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, ५ साउन । शेयर बजारमा आज ९ अंकले गिरावट आउँदा ७ अर्ब ९७ करोड बढीको कारोबार भएको छ । सबैभन्दा धेरै आज अरुण कावेली पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको आज ३८ करोड ८७ लाख बढीको शेयर कारोबार भएको हो ।

यसैगरी, अरुण भ्याली हाइड्रोपावर कम्पनीको प्रतिकित्ता शेयरमुल्य ५१३ रुपैयाँ कायम भई २६ करोड ९८ लाख बढीको कारोबार भएको छ। त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको १ हजार ९५ रुपैयाँ प्रतिकित्ता शेयरमुल्य कायम भई २४ करोड १८ लाख बढीको कारोबार भएको छ ।

एनआइसी एशिया बैंकको २३ करोड ४९ लाख, कृषि विकास बैंकको २२ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्