Logo

मेमरी किङ नवल पजियारले भनेः भारतीय नागरिक भनी दुष्प्रचार गर्दा अपमानित महशुश गरिरहेको छु



काठमाडौं, ५ साउन । गिनिज बुक अफ वल्र्ड होल्डर (मेमरी किङ) डा.नवल पजियारले आफू भारतीय नागरिक भएको भनी दुष्प्रचार गरिएको बताएका छन् । उनले नेपाली नागरिक भएको स्पष्ट पार्दै भारतीय नागरिक भनेर मान मर्दन गर्न खोजेको बताएका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पजियारले राष्ट्रको नाम विश्वमा चिनाउन गरेको आफ्नो मेहेनतमाथि गलत प्रचार प्रसार गर्दा अपमानित भएको र करियरमा नै असर गरेको बताए । ‘म माथि ठुलो घात भएको छ,’ पत्रकार सम्मेलनको क्रममा पजियारले भने, ‘मैले आफूलाई अपमानित र अन्याय भएको महसुस गरिरहेको छु ।’

उनले नेपाली भएर नेपालको मान सम्मान तथा प्रतिष्ठा विश्व सामु बढाउन पाउँदा निकै खुशी भएको भएपनि संचार माध्यमहरुले आफूलाई नेपाली नागरिक नभएर भारतीय भएको गलत लेख्दा ज्यादै पीडा भएको बताए । उनले भने, ‘गलत समाचार प्रचार कसरी भयो नियाल्दै जाँदा अर्पण शर्माले पत्रकार सम्मेलन नै गरेर बिना प्रमाण मलाई भारतीय नागरिक भनेका रैछन् ।’

पत्रकार सम्मेलनमा डा.पजियारले आफ्नो शैक्षिक योग्यताको सर्टिफिकेट र आफू नेपाली भएको प्रमाणपत्र देखाउँदै भने, ‘अर्पण शर्माले मेरो बारेमा गलत प्रचार गरेर जनतालाई भ्रममा पारीदिए ।’ जनता र मिडियालाई सहि वा गलत थाहा नभएकोले आज प्रमाणसहित उपस्थित भएको उनको भनाई थियो ।

 

पत्रकारले मेमरी किङको अझ थप प्रमाण देखाउन आग्रह गरेपछि उनले डेमो समेत प्रदर्शन गरेका थिए । उनले समाचार बनाउँदा कुन कुरा सही हो वा गलत हो भनि बुझेर मात्र लेख्न पत्रकारलाई आग्रह गरे ।

पजियारले १९ डिसेम्बरमा २०२० मा १ मिनेटमा ५४ वटा वस्तुको स्मरण गरी विश्वका सम्पूर्ण विगतका रेकर्डहरु तोड्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका थिए ।

  प्रेस विज्ञप्ती
मितिः २०७८ साउन ५

नमस्कार,
म नवल पजियार, गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर (मेमरी पावर) मैले १९ डिसेम्बर २०२० ९न्गष्ललभकक द्यययप या ध्यचमि च्भअयचम ( ीयलनभकत क्भत्रगभलअभ या इदवभअतक ष्ल ज्ञ mष्लगतभ० मा ५४ वटा वस्तुको स्मरण गरी विश्वका सम्पुर्ण विगतका रेकर्डहरु तोड्दै गिनिज बुक अफ वल्र्ड रेकर्ड मा आफ्नो नाम लेखाउन सफल भएको छु । जस्ले गर्दा आफुलाई नेपाली भएर नेपालको मान सम्मान तथा प्रतिष्ठा विश्व सामु बढाउन पाउँदा खुशी भएको थिए ।

तर दुःख को कुरा मिति २०७८ साउन ३ र ४ गते विभिन्न राष्ट्रिय तथा स्थानिय सञ्चार माध्यमबाट म नवल पजियार एक नेपाली नागरीक नभइ एक भारतीय व्यक्तिको रुप गलत परिचय प्रचार गरीएको पाउदा ज्यादै पिडामा छु । यो गलत समाचार कसरी प्रचार भयो भनि नियाल्दै जादा अर्पण शर्माबाट गरीएको एक पत्रकार सम्मेलन बाट आएको जानकारी पाए ।

मैले जीवनमा गरेको मेहनतमाथी यसरी गलत प्रचार प्रसारबाट मलाई ठुलो घात तथा असार परेको छ र मैले आफुलाई अपमानित तथा अन्यायमा परेको महशुस गरिरहेको छु ।

म यस पत्रकार तथा सञ्चारकार्मी माझ एउटा अनुरोध गर्न चाहन्छु कि तपाईहरुले कुनै पनि समचार बनाउदा र प्रचार गर्न खोज्दा कुुन कुरा सहि हो वा गलत हो भनि अबश्य जाँच गरी मात्र प्रचार गर्नुहोला ।
धन्यबाद 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्