Logo

महेश बस्नेतले माधव नेपाललाई एमालेको क्यान्सरको संज्ञा दिए, अब उपचार गर्ने घोषणा (भिडिओसहित)



काठमाडौं, ५ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफ्नो पार्टीलाई सिध्याउनको लागि माधव नेपालहरुले भूमिका खेलेको टिप्पणी गरेका छन् । उनले माधव नेपाल समूहलाई नयाँ केशरजंग रायमाझी र गद्दारको संज्ञा दिएका छन् । आज आयोजित राष्ट्रिय युवा संघको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘७३ वर्ष पछाडि कम्युनिष्ट आन्दोलनलाई सरकारमा पुर्याएर, जनवादी आन्दोलनलाई नेतृत्वमा पुगेको, नेपालको राजनीतिको अस्थिर र महत्वकांक्षी पात्र प्रचण्ड हुन, उहाँमार्फत त्यो अभियान घुस्यो, त्यसमा हाम्रो पार्टीभित्रको गुटबन्दीलाई बेलैमा हामीले उपचार गर्न सकेनौं, बेलैमा उपचार गरेको भए सामान्य औषधी खाएर पनि निको हुन्थ्यो, तर क्यान्सर भएपछि अब औषधीले काम गर्दैन् । त्यसलाई काटेर पनि फाल्नुपर्ने हुन्छ । एमालेको खाना खाएर कांग्रेस र माओवादी केन्द्रको गाना गाउने काम भयो, अब तिनीहरुलाई पार्टीबाट निश्काषन गर्नेछ । हाम्रा विगतका धेरै तिता मिठा अनुभव छन् ।’ उनले माधव नेपाल र प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवाको पुच्छरको संज्ञा पनि दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्