Logo

एमाले केन्द्रीय कमिटी बैठक सुरू, यी विषयमा छलफल हुने



काठमाडौं, ५ साउन । नेकपा (एमाले) को १०औं केन्द्रीय कमिटी बैठक सुरु भएको छ । हिजोदेखि जारी बैठकमा अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । ललितपुरको तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा सुरु बैठकमा प्रदेशको पार्टी अवस्थाबारे संक्षिप्त जानकारी गराईने, सर्वोच्च अदालतको फैसलाबारे पार्टीको दृष्टिकोण बनाईने, पार्टीमा शुद्धिकरण अभियान चलाईने र निर्वाचनको तयारीसहित विविध एजेण्डामा छलफल हुने जनाईएको छ ।

यसअघि हिजो बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत हाल्ने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, यसरी प्रधानमन्त्री देउवाको पक्षमा विश्वासको मत हाल्ने सांसदहरुले भने कुनैपनि हालतमा स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । बरु, उल्टै मानहानीको मुद्दा हाल्नेसमेत उनीहरुको चेतावनी छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्