Logo

प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा, सीता दाहाललाई पनि भेटे



काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दाहाललाई भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा पुगेका हुन् । उनीहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो । प्रधानमन्त्री देउवाले प्रचण्ड पत्नी सिता दाहालसँग पनि भेट गरेका छन् । देउवाले सीताको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् ।

आज विहानमात्रै दाहालले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग यसबारेमा छलफल गरेका थिए । उक्त भेटवार्तामा उपेन्द्र यादव पनि सहभागी भएका थिए । लगत्तै दाहालले प्रधानमन्त्री देउवासँग बालुवाटार पुगेर भेटवार्ता गरेका थिए । प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका थिए । उनले संसद्मा विश्वासको मत प्राप्त गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्