Logo

विश्वकै धनाढ्य जेफ बेजोसको अन्तरीक्ष यात्रा (भिडियोसहित)



एजेन्सी, ५ साउन । विश्वका धनाढ्य जेफ बेजोस अन्तरीक्षको व्यवसायिक उडानबाट फर्किएका छन् । उनी आज अन्तरीक्षयात्राका लागि उडेर केही मिनेटमै फर्किएका हुन् ।

जेफ बेजोससँग उनका दाजु मार्क बेजोस, ८२ वर्षीया वाली फन्क, १८ वर्षीय एकजना विद्यार्थी होलिभर डेमेन पनि उडानमा थिए ।

बेजोसको कम्पनी ब्लु ओरिजिनले पहिलोपटक निजी अन्तरीक्षयानको सुरुवात गरेको हो । अब यसले व्यवसायिक अन्तरीक्षको यात्रा सुरु गरेको छ । अर्को हप्ता अर्का अर्बपति यात्रामा जाने भएका छन् ।

२ सय अर्ब डलरका मालिक बेजोस सँसारकै धनाढ्य हुन् । उनी ५७ वर्षका भए । एमेजनका मालिक बेजोसले अन्तरीक्षयात्राको नयाँ व्यवसाय सुरु गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्