Logo

‘प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि बिपीले गरेको योगदान सधैं स्मरणीय’



काठमाडौं, ६ साउन । नेपाली काग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले बिपी कोइरालाले प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि गरेको योगदान सधैं स्मरणीय हुने बताएका छन् । सिंहले नेपाली राजनीतिका अद्वितीय प्रतिभा बिपी कोइरालाको आज स्मृति दिवसको अवसरमा उनका योगदानका स्मरण गर्दै भावपूर्ण श्रद्धासुमन अर्पण गरेका हुन् ।

नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि उनले गरेको योगदान सधैं स्मरणीय हुने सिंहको भनाई थियो । नेता सिंहले भने, ‘आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातन्त्रप्रति उनको दृढ संकल्पको जति प्रशंसा गरेपनि कम हुन जान्छ ।’

बिपीले देखाएको देश र जनतालाई सर्वोपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा आजको नेपाली कांग्रेसले पनि आत्मसात गर्दा मात्र बिपीप्रति सच्चा सम्मान हुने पनि नेता सिंहले बताएका छन् ।

साथै सिंहले मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इदका अवसरमा सबै मुस्लिम समुदायलाई शुभकामना दिएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्