Logo

प्रधानमन्त्री देउवासँग महन्थ ठाकुरको भेटवार्ता, उठाए यी एजेण्डा



काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन् । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

हिजोमात्रै ठाकुर पक्षले कार्यकारिणी समितिको बैठक राखेर आफूहरुले अघि सारेका माग पूरा गराउनको लागि ध्यानाकार्षण गराएको थियो । आजको भेटमा पनि ठाकुरले आफ्ना माग पूरा गराउनेबारे प्रधानमन्त्री देउवासँग आग्रह गरेको बुझिएको छ ।

ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको छ । यो समूहपनि सरकारमा सहभागी हुने चर्चा चलिरहेको छ । तर, अर्का अध्यक्ष उपेन्द्र यादवले भने ठाकुर पक्षले जनतासामू माफी नमागेसम्म एकता नहुने बताईसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्