Logo

म केपी ओलीलाई सम्मान गर्छु, माधव नेपालले कुनै हालतमा पार्टी फुटाउनुहुँदैन् : किसान श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, ६ साउन । नेकपा (एमाले) का नेता तथा सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले आफूले प्रधानमन्त्री शेरबहादुर देउवाको घरसम्म नदेखेकोले गएको भन्ने कुरा सरासर झुठो भएको दाबी गरेका छन् । उनले भने,‘म शेरबहादुर देउवाको घरमा गएको कुरा पुष्टि भयो भने तपाईँको अगाडि झुण्डिन तयार छु । मैले केपी ओलीलाई धोका दिएको पनि छैन् । पैसा खाएको पनि छैन् । याद रहोस, प्रेम आलेलेलाई मलाई लाने होईन, हो उहाँ केन्द्रीय सदस्य हो, म भन्दा सिनियर नेता हो । शेरबहादुर देउवाको घर देखेको छैन मैले । कम्पाउण्डभित्र छिरेको छैन् । अहिलेसम्म शेरबहादुर देउवाको घरमा गएको छैन् । कसैले शेरबहादुर देउवाको घरमा गएको पुष्टि गर्यो भने म तपाईको अगाडि झुण्डिन तयार छु ।’ उनले आफूले देउवालाई विश्वासको मत दिनुको कारण तनहुँका जनताको सम्मान गर्नु भएको सुनाए । उनले भने,‘अहिले पनि म केपी ओलीको सम्मान गर्छु, म नेकपा एमालेको सांसद हुँ । उहाँ एमालेको अध्यक्ष हो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पार्टीको अध्यक्ष भएकोले ओलीलाई सम्मान गरेको जिकिर गरे । उनले भने,‘म नेकपा एमाले हुँ, आज हुँ, भोलि हुँ, र पर्सी पनि हुँ ।’ उनले माधव नेपालले कुनैपनि हालतमा पार्टी नफुटाउने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्