Logo

माधव नेपाल गद्दार होईन, राजनेता हो : रिजाल (भिडिओसहित)



काठमाडौं, ६ साउन । नेकपा (एमाले) का नेता विष्णु रिजालले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई गद्दार भनेकोमा आपत्ति जनाएका छन् । उनले भने,‘माधव नेपाल लाल गद्दार होईन, उहाँ विल्कुल लाल गद्दार होईन । उहाँ नेकपा एमालेको पूर्व पार्टी प्रमुख हो । प्रमुख नेता हो । माधव नेपाल यो देशको सम्मानित राजनेता हो ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरु एमालेलाई एकताबद्ध र सक्रिय बनाउन लागिपरेको स्पष्ट पारेका छन् । उनले पार्टी एकताको लागि कार्यदलले हप्तौं लगाएर तयार पारेको प्रस्ताव र दस्तावेजलाई लागु गर्नुपर्नेमा जोड दिए । उनले माधव नेपालबिनाको एमाले बनाउने कल्पना कसैले पनि नगरेको जिकिर गरे । उनले भने,‘व्यक्तिका रुपमा आफ्ना आफ्ना शैली छन् । तर, पार्टी एकता अनिवार्य शर्त हो ।’ उनले एकताको अहिलेपनि सम्भावना रहेको दाबी गरे । उनले आजको एमाले भनेको ओली र नेता नेपालबीचको सहकार्य नै रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम