Logo

‘आगोसँग नखेल्न’ बाबुरामलाई चेतावनी दिदै कमल थापाले भनेः खोलामा मान्छेको रगत बगाको बिर्सनुभयो ?



काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले विगतमा मान्छेको रगत बगाएको भन्दै कडा टिप्पणी गरेका छन् । आज डा. भट्टराईले आफ्नो सहपाठीले राखेको भन्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगामा दूध बगाएकोलाई व्यङ्ग्य गर्दै ट्वीट गरेपछि थापाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिं बिर्सिनुभयो ?’

थापाले भट्टराईलाई कडा चेतावनी दिदै आगोसँग नखेल्न चेतावनी दिएका छन् । उनले लेखेका छन्,‘कृपया आगोसँग नखेल्नुहोस् प्रिय सहपाठी बाबुराम र आस्थालाई धर्मसँग तुलना गर्नुहोस् ।’

डा. भट्टराईले आजै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगामा दुध चढाएको तस्बिर राखेर ‘आस्था डरलाग्दो चीज हो । यसले तिमीलाई दुध फाल्ने र मुत्र पिउने बनाउँछ’ भनी सहपाठीको टिप्पणीलाई ट्वीट गरेपछि प्रतिक्रियाहरु आइरहेको छ । यसप्रति भाजपा प्रवक्ता चौथाइवालेले कडा चेतावनीसहित टिप्पणी गरेका हुन् ।

थापाले ट्वीटरमा लेखेका छन्ः योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाको,मान्छेको लास बगाएको,जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ?? PS. Don’t try to play with fire my dear classmate @brb1954 and don’t equate ‘faith’ with religion.



प्रतिक्रिया दिनुहोस्