Logo

गगन थापाले भने : ‘व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो’



काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्न नमिल्ने भन्दै ध्यानाकार्षण गराएका छन् । हिजोमात्रै प्रधानमन्त्री देउवाले दिल्लीमा उपचार गराईरहेका झलनाथलाई फोन गरेर उपचार खर्च सरकारले व्यहोर्ने भनेर समाचार आएपछि थापाले आज विज्ञप्ती निकालेर यस्तो भनेका हुन् । उनले खनालको उपचारमा समस्या आए आफूहरु देश तथा विदेशमा बस्ने नेपालीहरुले नै पैसा उठाउने पनि विश्वास दिलाएका छन् ।

उनले भनेका छन्–‘सम्माननीय @PM_nepal_  ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।”



प्रतिक्रिया दिनुहोस्