Logo

२ सय ५० पिस ट्रामाडोल सहित २ जना पक्राउ



वाग्लुङ, ६ साउन । २ सय ५० पिस लागूऔषध ट्रामाडोल सहित २ जना पक्राउ परेका छन् । वाग्लुङ नगरपालिका ४ बस्ने २१ वर्षीय प्रताप क्षेत्री र २२ वर्षीय रोहन पुनलाई २ सय ५० पिस लागूऔषध ट्रामाडोल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

वाग्लुङ नगरपालिका ३ स्थित चिप्लेटी बसपार्कमा जिल्ला प्रहरी कार्यालय वाग्लुङबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ध।२ प ३४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्