Logo

भीम रावललाई ओलीको फोन : माधव नेपालको बैठकमा नजानुहोस, कार्यवाहक अध्यक्ष बनाउँछु



काठमाडौं, ६ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई फोन गरेर माधव नेपाल पक्षको बैठकमा नजान आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभन्दा केहीबेर अघिमात्रै सांसद् पदबाट राजीनामा दिएका थिए । संसद् बैठक सुरु नहुँदै रावलले माधव नेपाललाई भेटेर देउवाको विपक्षमा मत दिनुपर्ने प्रस्ताव राखेका थिए ।

तर, रावललाई नेता नेपालले हप्काएर यस्तो प्रस्ताव लिएर आफूकहाँ नआउन चेतावनी दिएपछि उनी रुष्ट बनेर त्यहाँबाट निस्किएका थिए । रावलले राजीनामा दिएको विषयमा अध्यक्ष ओलीको पनि चित्त बुझेको छैन् । उनले पार्टीको ४ र ५ गते ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा रावलले आवेशमा आएर सांसद् पदबाट राजीनामा दिएको टिप्पणी गरेका थिए । र, सकेसम्म रावललाई सांसद् पदको राजीनामा फिर्ता लिन दबाब दिनुपर्ने बताएका थिए ।

आज नेपाल पक्षले सांसदहरु र केन्द्रीय सदस्यहरुको बैठक राखेका छन् । उक्त बैठकमा सहभागी नहुन रावललाई अध्यक्ष ओलीको फोन गएको स्रोतको दाबी छ । ओलीले पार्टीमा फर्किएर काम गर्न पनि रावललाई आग्रह गरेका छन् । यसअघि नै कार्यदलमा संयोजक हुँदा रावलले ओलीसँगको भेटवार्तालाई बाक्लो बनाएका थिए । कतिसम्म भने ओलीले पार्टीमा कार्यवाहक अध्यक्षसमेत वचन दिएका छन् । नेपाल पक्ष भने सरकारमा सहभागी हुने विषयमा निर्णय गर्न अहिले निर्णायक छलफलमा जुटेको छ । file photo



प्रतिक्रिया दिनुहोस्