Logo

सनराइज बैंकमा कार्ड बिनै एटीएमबाट पैसा झिक्न सक्ने सुविधा



काठमाडौं, ६ साउन । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवा संचालनमा ल्याएको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्ने जनाएको छ।

बैंकको अनुसार यस सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो सनराइज स्मार्ट प्लस (मोबाइल बैंकिङ्ग) प्रयोग गरी कार्डलेस विथड्रअल अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मिट गर्नुपर्नेछ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएस मार्फत आउनेछ ।

बैंकको एटीएममा गई कार्डलेस विथड्रअल अप्सन रोजी एसएमएसमा आएको ओटीपी कोडको प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सक्नेछन् । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक रहेको बैंकले जनाएको छ ।

बैंकको अनुसार नयाँ र अत्याधुनिक यस प्रविधिको प्रयोगले भौतिक कार्ड बोक्न बिर्सेको अबस्थामा पनि मोबाइल बैंकिङ्ग प्रयोग एटीएम मार्फत सजिलै रकम झिक्न सकिने छ । सनराइज बैंकले यस अघि पनि मिस्डकलबाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानी जस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेको १६१ वटा एटीएम मार्फत लिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्