Logo

एमालेमा ‘आईटी आर्मी’ गठन गरेपछि महेश बस्नेत ‘फायर’, ओलीलाई गराए ध्यानाकार्षण



काठमाडौं, ६ साउन । नेकपा (एमाले) का नेता प्रभु साहको नेतृत्वमा हिजो आईटी आर्मी गठन भएको छ । पार्टीविरुद्ध गलत प्रचार र भ्रम हुने भन्दै त्यसलाई चिर्नको लागि आईटी आर्मी गठन गरिएको जनाईएको छ । एमालेमा साईबर सेना हुँदाहुँदै अर्को आईटी आर्मीको कुनै आवश्यकत्ता नरहेको महेश बस्नेतलगायत नेताहरुको बुझाई छ ।

तर, हिजो टोपबहादुर रायमाझी, प्रभु साह लगायतको उपस्थितिमा उक्त आईटी आर्मीको उद्घाटन गरिएको हो । महेश बस्नेतले यसबारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पनि आफ्नो असन्तुष्टि राखेका छन् । आफूहरुले सरकार र पार्टी नेतृत्वको पक्षमा साईबर सेना बनाएर काम गरिरहेको अवस्थामा आफूहरुलाई माईनस गर्ने उधेश्यले आईटी आर्मी गठन गरिएको बस्नेतको निश्कर्ष छ । उनले तत्काल पार्टी नेतृत्वले यसबारेमा सोच्नुपर्ने बताएका छन् ।

उता, प्रभु साहहरु आईटी आर्मीको उद्घाटनमा व्यस्त हुँदा बस्नेत भने राष्ट्रिय युवा संघको विस्तारित बैठकलाई सम्बोधन गर्दै थिए । उनले हिजो माधव नेपाललाई पार्टीमा अब नफर्किन भन्दै विदा भए सम्मानजनक रुपमा विदाई गर्ने पनि घोषणा गरेका छन् । बस्नेतकै मास्टर प्लानअनुसार एमालेका युवाहरुले साईबर सेना गठन गरेका थिए । यसको सेनापतिमा बस्नेत नै छन् ।

आफ्नो पार्टीका अध्यक्ष ओलीको नेतृत्वमा रहेको तत्कालिन सरकारका राम्रा कामको प्रचारप्रसार गर्ने र सरकारविरुद्ध गरिने भ्रमलाइृ चिर्नको लागि बस्नेतले साईबर सेना गठन गरेका थिए । पार्टीमा साईबर सेना हुँदा हुँदै फेरि आईटी आर्मी किन आवश्यक पर्यो ? भनेर बस्नेतले गुनासो पोखेका छन् ।

तर, यसबारेमा अध्यक्ष ओलीले भने कुनै प्रतिक्रिया दिएका छैनन् । साहले आईटी आर्मीको उद्घाटन ओलीले नै गर्ने बताउँदै आएका थिए । तर, अन्तिम समयमा ओली उद्घाटनमा गएनन् । कतै बस्नेतको असन्तुष्टिका कारण ओली नगएका हुन् कि ? त्यो भने पुष्टि हुन बाँकी छ । file photo



प्रतिक्रिया दिनुहोस्