Logo

५ वर्षीया बालिका बलात्कार गर्ने ५२ वर्षीय पुरुष पक्राउ



दाङ, ६ साउन । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका ५ बस्ने ५२ वर्षीय हिरा लाल चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

हिराले ती बालिकालाई घरबाट करिब ५ सय मिटर टाढा मकैबारीमा लगेर शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको  खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्