Logo

लागूऔषध सहित १९ वर्षीय युवक पक्राउ



काठमाडौं, ६ साउन । अवैध लागूऔषध सहित १९ वर्षीय युवक पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट ४ सय ५० ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित महोतरी गौशाला नगरपालिका ८ बस्ने १९ वर्षीय मन्जित कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा।४ ख ५१४३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्