Logo

ब्राउनसुगर सहित युवक पक्राउ



बर्दिया, ६ साउन । ब्राउनसुगर सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका ६ स्थित सडकबाट १ ग्राम ६ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका ७ गुलरीयागाउँ बस्ने १९ वर्षीय वारिस धोवी सोमबार साँझ पक्राउ परेका हुन् ।

शंकास्पद रुपमा हिँडिरहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा शरीरमा लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्