Logo

युवराज ज्ञवालीलाई ऋषि धमलाको प्रश्न : अब तपाईँहरु कसरी एमालेमा बस्न सक्नुहुन्छ ? (भिडिओसहित)



काठमाडौं, ६ साउन । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीमा एकता र कारबाही एकैपटक सम्भव छ र? भन्दै प्रश्न गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजित नै होस भन्ने चाहेको पनि टिप्पणी गरेका छन् । आज विहा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘उनले ओलीले बोलाएको बैठकमा हामी कसैलाई पनि सामेल गराइएको छैन् । कमरेड माधव नेपालसँग छलफल गरेर जेठ २ को बैठक राख्नुपर्दथ्यो । तर, जेठ ३ को बैठक राख्नुभएको छ ।’ उनले अध्यक्ष ओलीले आफूहरुलाई बैठकमा नबोलाउने अनि बैठकमा आएन भनेर भन्नु गलत भएको बताए । उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषय त राजनीतिक विषय भएको तर्क गरे ।

उनले राजनीति र संविधानलाई सही मार्गमा ल्याईएको पनि दाबी गरे । उनले माधव नेपाललाई उनी पक्षधर कोही पनि नेताले साथ नछोडेको स्पष्ट पारे । उनले कार्यदलले अघि सारेको १० बुँदे सहमतिको प्रस्ताव कार्यान्वयनको लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवैले छलफल गर्न बाँकी रहेको जिकिर गरे । उनले माधव नेपालबिनाको एकताको कुनै अर्थ नरहने जिकिर गरे ।

पत्रकार धमलाले अब तपाईँहरु कुन मुखले एमालेमा बस्न सक्नुहुन्छ भनेर सोधेको प्रश्नमा उनले भने,‘होईन, एमाले त हामीले निर्माण गरेको पार्टी हो । माधव नेपाल र झलनाथ खनाल पार्टी प्रमुख भएर धेरै वर्ष नेतृत्व गरेको ईतिहास छ, हामीले निर्माण गरेको पार्टी हो, केपी ओलीको मात्रै पार्टी हो र त्यो ? हाम्रो रगत र पसिना बगेको छ, यो पार्टी बनाउनको लागि ।”



प्रतिक्रिया दिनुहोस्