Logo

मन्त्री छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) ले सरकारमा पठाउने मन्त्रीको नाम छान्नकोलागि छलफल अघि बढाएको छ । अहिले पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा यसअघि माओवादी केन्द्रबाट पम्फा भुषाल र जनार्दन शर्मा सरकारमा सहभागी भएका छन् ।

अब सरकारमा नेतृत्व गरेर कसलाई पठाउने भन्ने विषयमा आजको स्थायी कमिटीको बैठकमा छलफल भैरहेको एक नेताले जानकारी दिए । यसअघि मन्त्री बनाएर कसलाई बनाउने भन्नेबारे चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्