Logo

ओली गुटमा पहिरो, प्रेम आलेले माधव नेपाललाई दिए १५ सांसदको ग्यारेन्टी



काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गुटमा पहिरो गइरहेको छ । ओली गुटका सांसदहरु धमाधम वरिष्ठ नेता माधव नेपाल गुटमा जान थालेका छन् । ओली गुटबाट सांसद तान्न पूर्वमन्त्री प्रेमबहादुर आले सक्रिय छन् ।

आलेले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर १५ सांसद तान्नसक्ने बताएका छन् । उनले सबै तयारी भइसकेको बताउँदै मन्त्रालयको संख्याबारे कुरा गरेको बुझिएको छ । उनले १५ सांसद तान्न कम्तिमा ४ मन्त्रालय पाउनुपर्ने विषय पनि राखेको विश्वस्त स्रोतले जानकारी दिएको छ । ४ मन्त्रालय पाएमा १५ सांसद तान्ने ग्यारेन्टी समेत गरेको बुझिएको छ ।

यसअघि आलेले ओली गुट छाडेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । उनको पहलमा ओली गुटबाट केही सांसदले कित्ता परिवर्तन गरेका थिए ।

आले अहिले सांसदहरु तान्न खटिएका छन् । उनले ओली गुटका सांसदहरुसँग सम्पर्क गरी कुराकानी बढाएका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्