Logo

माधव नेपाल पक्षको बैठकमा भीम रावल गएनन्



काठमाडौं, ६ साउन । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावल माधव नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा सहभागी भएका छैनन् । काठमाडौंको नयाँ बानेश्वरस्थित् एक होटलमा जारी बैठकमा अरु नेतारु भने गएका छन् । रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन सांसद पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनी माधव नेपालसँग सम्पर्कमा नभएको बुझिएको छ ।

सुरुमा उनले नेता नेपाललाई कुनैपनि हालतमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन नहुने जिकिर गरेका थिए । तर, नेता नेपालले भने आफू एक्लैले भएपनि देउवालाई विश्वासको मत दिने अडान लिएका थिए । रावलको राजीनामालाई लिएर एमालेभित्रै तरंग पैदा भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि यसबारेमा चासो राखेका छन् । हालै बसेको एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले रावलले राजीनामा दिएको विषयमा गुनासो पोखेका थिए ।

भीम रावललाई ओलीको फोन : माधव नेपालको बैठकमा नजानुहोस, कार्यवाहक अध्यक्ष बनाउँछु

उनले अहिले राजीनामा नदिएको भए हुन्थ्यो भन्ने धारणा राखेका थिए । अहिले जारी नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको भेलामा अब कसरी अघि बढ्ने भन्नेबारे निर्णायक कदम चाल्ने बुझिएको छ । कतिपय नेताहरुले भने अब पार्टी फुटाएर भएपनि अघि बढ्नुपर्ने धारणा राखेका छन् । तर, नेपालले भने अहिले पार्टी फुटाउनेभन्दापनि एमालेभित्रै रहेर संघर्ष गर्नुपर्ने बताउँदै आएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्