Logo

एमालेका २२ सांसदको हातमा गोपनीयता भंगको आरोपसहितको २४ घन्टे स्पष्टिकरण (पत्रसहित)



काठमाडौं, ६ साउन । नेकपा एमालेका २२ सांसदको हातमा २४ घन्टे स्पष्टिकरण पुगेको छ । अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले विपक्षसँग साँठगाँठ गरेर पार्टीको गोपनीयता भंग गरेको र निर्णय नमानेको भन्दै स्पष्टिकरण सोधेको हो ।

स्पष्टिकरणमा पार्टी प्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई आँच आउने गरी क्रियाकलाप गरेको आरोप लगाइएको छ । स्पष्टिकरणमा भनिएको छ,‘तपाईंलाई पार्टीको साधारण सदस्यतालगायत पार्टीको जिम्मेवारीबाट किन निस्कासन नगर्ने ?’

स्पष्टिकरणबाट एमालेका माधव नेपाल पक्षीय २२ सांसद निस्काशित हुने देखिएको छ । उनीहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्