Logo

कोरोनाबाट थप ३० जनाको मृत्यु



काठमाडौं, ६ साउन । कोरोना संक्रमणबाट नेपालमा आज थप ३० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ६ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज कोरोना भाइरसका २ हजार ८ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ७२ हजार ८ सय ७१ पुगेको छ ।

मन्त्रालयको अनुसार आज १ हजार ४ सय ७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३६ हजार ४ सय ३ जना संक्रमणमुक्त भएका छन् ।

आज ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्