Logo

काठमाडौंमा कोरोना संक्रमितको दर बढ्दै



काठमाडौँ, ६ साउन । आज देशभर २८ सय ३८ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ६ सय ९७ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ४९० , ललितपुरमा १२८ र भक्तपुरमा ७९ संक्रमित थपिएका हुन् । कोरोना संक्रमणबाट आज थप ३० जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ६ सय ३७ पुगेको छ ।

आज नेपालमा कोरोना भाइरसका २ हजार ८ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ७२ हजार ८ सय ७१ पुगेको छ ।

मन्त्रालयको अनुसार आज १ हजार ४ सय ७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३६ हजार ४ सय ३ जना संक्रमणमुक्त भएका छन् । आज ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्